दफा ७१
समन्वय समितिको काम, कर्तव्य र अधिकार
ऐनको दफा ५५ मा उल्लिखित व्यवस्थाका अतिरिक्त समन्वय समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हनेछ:-

(क) विभाग, मन्त्रालयले तोकेको अधिकारी, प्रदेश र स्थानीय तहबाट अनुमतिपत्र प्राप्त संस्था र आयोगबीच समन्वय गर्ने,

(ख) प्रदेश तथा स्थानीय तहबाट मन्त्रालयमा पेस गर्नु पर्ने खानेपानी तथा सरसफाइ क्षेत्रसम्बन्धी प्रतिवेदनका लागि समन्वय गर्ने,

(ग) खानेपानी तथा सरसफाइ सम्बन्धी पूर्वाधार निर्माण र सेवा सञ्चालनका सम्बन्धमा अनुगमन _ संयन्त्रको निर्माण गर्ने र तत्‌ सम्बन्धमा निर्देशन दिने,

(घ) खानेपानी तथा सरसफाइ सम्बन्धी नीति तथा (योजना. तर्जुमा र कार्यान्वयनमा आवश्यकता अनुसार सरोकारवालाको राय तथा सुझाव लिने,

(ङ) खानेपानी सेवा तथा सरसफाइ सेवा प्रवाह सम्बन्धमा अन्य आवश्यक समन्वय गर्ने।